logo

Welcome Speech for 25th AGM of NMHDA

नेपाल लघु जलविद्युत विकास संस्थाको

२५औं वार्षिक साधारण सभा

को

समापन समारोहमा
अध्यक्ष श्री कृष्ण प्रसाद देवकोटाबाट प्रस्तुत

स्वागत मन्तब्य

नेपाल लघु जलविद्युत विकास संस्थाको २५औं वार्षिक साधारण सभाको यस गरिमामय समापन समारोहमा हाम्रो निमन्त्रणालाई स्वीकार गरी लघु जलविद्युत क्षेत्रमा क्रियाशील निजी क्षेत्रलाई थप हौसला प्रदान गर्न आफ्नो कार्य ब्यस्तताका वावजूद महत्वपूर्ण समय प्रदान गर्नुहुने प्रमुख अतिथि माननीय उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री श्री बर्षमान पुनज्यू, विशेष अतिथि उर्जा, जलश्रोत तथा सिंचाइ सचिव श्री अनुप कुमार उपाध्यायज्यू, दक्षिणकाली नगरपालिकाका मेयर श्री मोहन बस्नेत ज्यू, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक श्री राम प्रसाद धितालज्यू, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष श्री भवानी राणाज्यू, नेपाल नवीकरणीय उर्जा परिसंघका अध्यक्षज्यू, संस्थाका निवर्तमान अध्यक्षज्यू एवं प ूर्व अध्यक्षज्यूहरु, यस संस्थाबाट गत वर्षहरुमा सम्मानित हुनुभएका र यस वर्ष सम्मानित हुन गईरहनु भएका सम्मानित व्यक्तित्वहरु, संस्थाका सल्लाहकारज्यूहरु, नेपाल उद्योग बाणिज्य महासंघका प्रतिनिधिज्यूहरु, नेपाल सौर्य विद्युत उत्पादक संघ, नेपाल वायोग्याँस प्रवद्र्धन संघ, जल तथा उर्जा परामर्शदाता संघ, च्ग्त्एब्ल् तथा क्यबिच त्जभचmब िब्ककयअष्बतष्यल का अध्यक्षज्यूहरु एवं प्रतिनिधिज्यूहरु, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका पदाधिकारीज्यूहरु, दातृ निकायका प्रतिनिधिज्यूहरु, विभिन्न संघ सस्थाका प्रतिनिधिज्यूहरु, सहकर्मी साथीहरु, पत्रकार बन्धुहरु तथा हाम्रो निमन्त्रणालाई स्वीकार गरी पाल्नुहुने सम्पूर्ण महिला तथा सज्जनवृन्दमा मेरो ब्यक्तिगत तथा संस्थाको तर्फबाट हार्दिक स्वागत तथा अभिवादन साथै यहाँहरु सवैमा नयाँ वर्ष २०७५ को हार्दिक शुभकामना ।
देश संघीय संरचनामा गई नयाँ निर्वाचन मार्फत सम्पूर्ण तहमा सरकार समेत गठन भै सकेको आजको सन्दर्भमा अब देश सम्वृद्धिको अभियानमा लाग्ने आशा सर्वत्र गरिएको छ । यद्यपि परिवर्तित परिस्थितिमा नवीकरणीय उर्जा प्रवद्र्धनका कार्यक्रमहरु कसरी अगाडि बढ्लान् भन्ने चासो सरोकारवालाहरुलाई हुनु स्वाभाविक नै हो । यस कौतुहलतालाई चिर्दै सम्बन्धित निकायहरुबाट यस सम्बन्धि प्रारुप यथाशिघ्र आउने विश्वास यस संस्थाले लिएको छ ।
आजको यस पुनित अवसरमा लघु÷साना जलविद्युत क्षेत्रका अवसर तथा चुनौतीका साथै समग्र लघु जलविद्युत क्षेत्रले भोग्नु परेका समस्या लगायतका विषयहरुका सन्दर्भमा यस गरिमामय सभामा उपस्थित लब्ध प्रतिष्ठित ब्यक्तित्वहरु एवं सरोकारवाला निकायहरुको सम्बोधनले अवश्य निकास निस्कने छ भन्ने विश्वास लिएको छु । साथै यस स्वागत मन्तब्यका क्रममा उठान हुने विषयहरुका समेत सकारात्मक सम्बोधनको अपेक्षा गर्दछु ।
इ. सं १९६२ मा बालाजु यन्त्रशालाद्वारा निर्मित प्रोपेलर टर्वाइन गोदावरीको माछा पोखरीमा जडान गरी ५ कि.वा. विद्युत उत्पादन गरेर शुरु भएको लघु जलविद्युत विकासको यात्रा हालसम्म आइपुग्दा साना ठूला गरी झण्डै ३२०० आयेजनाहरुबाट करिव ३६ मेगावाट विद्युत उत्पादन भई दुर दराजका झण्डै ३ लाख घर धुरीमा विद्युत सेवा उपलब्ध भएको छ । यति मात्र होइन लघु जलविद्युत आयोजनाका लागि आवश्यक प्रायः सम्पूर्ण उपकरणहरु नेपालमा नै उत्पादन हुने मात्र नभई नेपाली प्रविधि तथा प्राविधिकहरु एशिया, अफि«का लगायतका विभिन्न मुलुकहरुमा समेत खपत भैरहेको ब्यहोरा विदितै छ । स्थानीय श्रोत साधन, आफ्नै प्रविधि तथा आफ्नै प्राविधिक प्रयोग गरी स्वच्छ एवं दिगो उर्जा उत्पादन गर्न सकिने लघु तथा साना जलविद्युत विकासले ब्यापकता लिन सकेमा विकट भेगका वासिन्दालाई उर्जामा पहुँच पु¥याउने मात्र नभई रोजगारी वृद्धिका साथै राष्ट्रिय उर्जा ब्यवस्थापनमा समेत टेवा पुग्नेमा दुई मत नहोला ।
हुन त स्वच्छ उर्जामा सहज पहुँच सबै नेपालीको अधिकार हो तथापि झण्डै २५ प्रतिशत नेपाली अझै पनि स्वच्छ तथा आधुनिक उर्जाको पहुँचबाट टाढै रहन बाध्य छन् । लघु तथा साना जलविद्युत दुर दराजका जनताको लागि स्वच्छ उर्जाको दिगो श्रोतहरु मध्ये एक हो । यस तथ्यलाई हृदयङ्गम गरी नेपाल सरकारले लघु तथा साना जलविद्युत उत्पादनका लागि अनुदानको ब्यवस्था गरेको छ । यद्यपि यो अनुदानको ब्यवस्था अत्यन्तै विभेदकारी रहेको ब्यहोरा स्मरण गराउन चाहन्छु ।
उदाहरणको लागि एक शहरवासी नेपाली विद्युत उपभोगको लागि नेपाल विद्युत प्राधिकरणलाई जडान दस्तुर तिरेर आफ्नोे आवश्यकता अनुसार विद्युत सेवा प्राप्त गर्न सक्दछ । यस हिसावले शहरवासी नेपालीले शतप्रतिशत अनुदानको उपयोग गर्न सक्दछ । यसै गरी राष्ट्रिय प्रसारण लाइनको पहुँच पु¥याउन सकिने सम्भावना भएका स्थानमा जनताले सामुदायिक विद्युतीकरण मार्फत कूल लागतको १० प्रतिशत रकम जम्मा गरी विद्युत सेवा उपलब्ध गर्न सक्छन् । जुन ९० प्रतिशत अनुदान हो । तर एक दुर दराजमा बस्ने नेपाली जो हरेक हिसावले कमजोर छ उसलाई नेपाल सरकारले ५० प्रतिशत अनुदान उपलब्ध गराई बाँकी सम्पूर्ण लागत जुटाउने मात्र होइन संचालन तथा मर्मत संभार समेतको जिम्मा लगाउदै आएको छ । सामाजिक न्यायको हिसावले यो कति न्यायोचित छ यसको आँकलन गर्न म यस सम्मानित सभा तथा सम्बन्धित निकायलाई नै अनुरोध गर्न चाहन्छु ।
फलस्वरुप, सरकारी अनुदान नितिबाट उत्साहित भई आयोजना प्रवद्र्धनमा लागेका कतिपय समुदायहरु बजेट अभावका कारण समयमा आयोजना सम्पन्न गर्न नसकी आर्थिक सहयोग जुटाउन विभिन्न निकाय  धाउन बाध्य छन् भने कतिपय जेनतेन आयोजना सम्पन्न गर्न सफल भएका समुदाय समेत बजेट अभावका कारण सम्झौता गरी निर्माण गरिएका मुहान, कूलो, काठका कमजोर पोल लगायतका संरचनाहरुको मर्मत सम्भार समयमा गर्न नसकी समस्या भोग्न बाध्य छन् । यस बाहेक सरकारद्वारा समय समयमा ब्यवस्था गरिने गरेको थप अनुदान सहयोगमा निर्मित कतिपय आयोजनाहरु समेत समयमा सम्पन्न गर्न र गुणस्तर कायम गर्न समस्या पर्ने गरेको यथार्थ म यस सम्मानित सभालाई जानकारी गराउन चाहन्छु । यतिमात्र होइन नाफामूलक कहलिएका निजि क्षेत्र अर्थात् यस संस्थाका सदस्यहरु समेत यस समस्याको मारमा परी धारासाही हुने अवस्थामा पुगेको यथार्थ हाम्रा सामु छ ।
हाम्रा आजका प्रमुख अतिथिज्यू, माननीय उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रि, वर्तमान मन्त्रि परिषदका एक प्रभावशाली सदस्य भात्र नभई दूर दराजका जनताका बास्तविक समस्याका साथै लघु जलविद्युत आयोजनाका विद्यमान परिस्थित समेत जानाकार हुनु भएकोमा दूर दराजका जनताप्रति न्याय हुने ब्यवस्था अवश्य हुने छ भन्ने विश्वास हामीले लिएका छौं ।
नेपाल लघु जलविद्युत विकास संस्था समग्र लघु तथा साना जल विद्युत आयोजना प्रवद्र्धन तथा यसको दिगोपनका लागि प्रतिवद्ध संस्था हो । यस संस्थाले आफ्नो स्थापना कालदेखि नै यस क्षेत्रमा आवद्ध जनशक्तिको कार्य क्षमता वृद्धि गर्नका लागि विभिन्न तालिम कार्यक्रमहरु आयोजना गर्दै आएको छ भने सम्बन्धित विधामा कार्यशाला गोष्ठी तथा प्रर्दशनीहरु समेत आयोजना गर्दै आएको छ ।
विभिन्न समयमा तालिम कार्यक्रमहरु आयोजना गरी २००० भन्दा बढी दक्ष जनशक्ति तयार गरिसकेको यस संस्थाले यस किसिमका तालिम कार्यक्रमहरुलाई अझ व्यवहारिक बनाउने उद्देश्यले दक्षिणकाली नगरपालिका, वार्ड नं. ४, फर्पिङ्गमा ३७ कि.वा. (पेल्टन टर्बाइन) र १०  कि.वा. (क्रसफ्लो टर्बाइन) एउटै पावर हाउसमा रहने गरि जम्मा ४७ कि.वा. क्षमताको लघु जलविद्युत आयोजना निर्माण गरेको छ । स्थानीय समुदाय तथा नेपाल लघु जलविद्युत विकास संस्थाको साझेदारीमा निर्मित उक्त आयोजनामा स्थानीयले निर्माण स्थल, संस्थाका सदस्य कम्पनीहरुले आवश्यक उपकरण उपलब्ध गराएका छन् भने बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र, च्भ्च्ी तथा न्क्ष्श् ले थप आर्थिक सहयोग उपलब्ध गराएका छन् । सम्बन्धित विधाका विविध तालिम, अध्ययन, अनुसन्धान तथा अवलोकन स्थलका रुपमा स्थापित गर्ने उद्देश्यका साथ स्थापना गरिएको यस आयोजनामा नेपालमा प्रयोग गरिने विविध किसिमका टर्बाइन लगायतका उपकरणहरु जडान गरिएको छ । यसै गरी लघु जलविद्युत आयोजनाहरुलाई राष्ट्रिय प्रसारणमा जोड्ने क्रम सुरु भइसकेको आजको अवस्थामा यस क्रममा आइपर्ने विविध समस्याहरुको पहिचान गरी सरल र सुलभ प्रविधिको अध्ययन, अनुसन्धान तथा परिक्षण गर्न सहज होस् भन्ने हेतुले नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता ९एएब्० गरी राष्ट्रिय प्रसारण लाइनमा समेत जोड्ने योजना रहेको छ । यसको लागि न्क्ष्श् को आर्थिक सहयोगमा आवश्यक उपकरणहरु समेत खरिद भैसकेको अवस्थामा विद्युत प्राधिकरणबाट आवश्यक सहयोग प्राप्त हुने विश्वास लिएका छौं । साथै यस क्षेत्रमा एक तालिम केन्द्र स्थापना गर्ने लक्ष्य समेत यस संस्थाले लिएको ब्यहोरा निवेदन गर्न चाहन्छु ।
यसै सन्दर्भमा संस्थाले गर्दै आएका तालिम कार्यक्रमहरुलाई थप व्यवस्थित गराउनुका साथै थप विधामा तालिम कार्यक्रमहरु संचालन गर्ने उद्देश्यका साथ न्क्ष्श् को सहयोगमा एक म्भखभयिऊभलत ब्मखष्कयच ९क्ष्लतभचलबतष्यलब०ि र एक ीयअब िऋयलकगतिबलत ब्यवस्था गरी कार्य शुरु गरिएकोले लघु÷साना जलविद्युत आयोजनाको प्रवद्र्धनका लागि आवश्यक जनशक्ति थप गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
यति मात्र होइन, विगतमा निर्माण गरिएका कतिपय लघु जलविद्युत आयोजनाहरु सञ्चालनमा विविध समस्या देखिएको अनुभव हामीले गर्दैआएका छौं । विभिन्न आर्थिक तथा प्राविधिक कारणले समस्यामा परेका आयोजनाहरु सञ्चालनमा आउन नसकेमा राष्ट्रको लगानी तथा जनताको पसिना खेर जाने मात्रै होइन विद्युतको पहुँच पु¥याउन पुनः उत्ति नै वा सो भन्दा बढी रकम खर्चनु पर्ने अवस्था सृजना हुन सक्दछ । यसर्थ निर्माण भैसकेका आयोजनाहरुको दिगो सञ्चालन अपरिहार्य छ भन्नुमा अतिशयोक्ति नहोला । यसै तथ्यलाई हृदयङ्गम गरी यस संस्थाले आफ्नो रजत वर्ष नारा “हाम्रो अभियान — लघु÷साना जलविद्युत आयोजनाको दिगो सञ्चालन” तय गरी देशभर सञ्चालित लघु जलविद्युत आयोजनाहरुको प्राविधिक तथा ब्यवस्थापकीय समस्या समाधान गर्न सहयोग पु¥याउने लक्ष्य लिएको छ । यस अभियानलाई सहयोग गर्न म नेपाल सरकार, दातृ निकाय तथा सम्पूर्ण सरोकारवालाहरुलाई यसै सम्मानित सभा मार्फत अनुरोध गर्न चाहन्छु ।
यसै गरी लघु जलविद्युत क्षेत्रमा कार्यरत कम्पनीहरु, स्थानीय जनता तथा स्थानीय सरकारको समेत लगानी रहने गरी एएए मोडलमा जलविद्युत आयोजना प्रवद्र्धन गर्ने पहल गरेको छ । यसरी प्रवद्र्धन गरिने आयोजनामा यथासम्भव नेपाली उपकरणहरु नै प्रयोग गर्ने अवधारण लिइएको छ भने स्थानीय जनताको अधिकतम सहभागिताको लागि घर घरबाट शेयर जुटाउने प्रयास गरिनेछ । यसो गर्नाले लघु जलविद्युत क्षेत्रमा कार्य गर्ने कम्पनीहरुको क्षमता अभिवृद्धि हुनुका साथै स्थानीय तहमा साना जलविद्युत आयोजनाहरु प्रवद्र्धन गर्न सहज हुने विश्वास साथ अघि बढाईएका यस्ता आयोजनाहरुमा सम्बन्धित निकायहरुको अधिकतम सहयोग रहने अपेक्षा गरेका छौं । यस क्रममा संस्थाले केही आयोजनाहरु पहिचान गरी आवश्यक पहल सुरु गरिसकेको ब्यहोरा समेत निवेदन गर्न चाहन्छु ।
नेपालको लघु जलविद्युत प्रविधि तथा प्राविधिकहरु दक्षिण तथा दक्षिण पूर्वी एशिया लगायत अफ्रिकी मुलुकहरुमा समेत प्रचलित भएको सन्दर्भमा केही बर्ष अघि USAID को सहयोगमा AEPC अन्तर्गत स्थापना भएको Regional Center for Excellence in Micro Hydro (RCEMH) निष्क्रिय भई राखेको सन्दर्भमा  NMHDA को पहल तथा  GIZ को सहयोगमा यसलाई पुनः सञ्चालनमा ल्याउने कार्य भैरहेकोमा NMHDA, AEPC, TU, KU, RETS, PEEDA तथा WECAN को संलग्नता हुने गरी एक गैह्र नाफामूलक कम्पनीको रुपमा दर्ता गर्ने प्रक्रियामा रहेको छ । स्थापना पश्चात यस संस्थाले राष्ट्रिय तथा क्षेत्रीय स्तरमा लघु तथा साना जलविद्युत प्रवद्र्धन तथा अनुसन्धानमूलक गतिविधिहरुको संयोजनकारी भूमिका खेल्ने उद्देश्य राखेको छ । यसै गरी संस्थाले वार्षिक साधारण सभाको अवसर पारी लघु जलविद्युत क्षेत्रमा विषेश योगदान गर्नुहुने महानुभावहरुलाई सम्मान गर्ने प्रचलन रही आएकोमा आजको यस कार्यक्रममा पनि दुई ब्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ लघु जलविद्युत प्रवद्र्धनको इतिहासलाई फरक मोड दिन सफल अत्यन्त फरक धु्रवबाट गरिएको हाम्रो छनौट प्रति सवैको समर्थन रहने विश्वास हामीले लिएका छौं । साथै छनोटमा परी आज सम्मानित हुन गइरहनु भएका महानुभावहरुमा संस्था तथा मेरो ब्यक्तिगत तर्फबाट हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना ब्यक्त गर्दछु ।
आज संस्थाले रजत महोत्सव मनाई रहँदा संस्थालाई यस अवस्थासम्म ल्याई पु¥याउन योगदान गर्नुहुने सम्पूर्ण अग्रजहरु, पूर्व अध्यक्षज्यूहरु तथा पदाधिकारीज्यूहरुप्रति हार्दिक आभार एवं धन्यवाद ज्ञापन गर्न चाहन्छु । यसै गरी यस संस्थालाई आजको अवस्थासम्म ल्याई पु¥याउन प्रत्यक्ष एवं परोक्ष रुपमा सहयोग पु¥याउनु हुने सम्पूर्ण संघ संस्था, ब्यक्ति तथा शुभेच्छुकहरुको योगदानको स्मरण गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । साथै आजको यस पावन अवसरमा हाम्रा पूर्व अध्यक्षज्यूहरु, संस्थामा दीर्घसेवा गर्ने कर्मचारीहरु लगायत केही प्रतिनिधि संस्था तथा पात्रहरुलाई कदर–पत्र प्रदान गर्ने प्रयास गरेका छौ । यसरी विभिन्न संघ संस्था तथा ब्यक्तित्वहरुबाट संस्थाले प्राप्त गर्दै आएको सहयोग एवं सद्भाव आगामी दिनहरुमा पनि निरन्तर पाइरहने आशा एवं विश्वास हामीले लिएका छौं ।
अन्तमा नेपाल लघु जलविद्युत विकास संस्थाको यस २५औं वार्षिक साधारण सभाको समापन समारोहमा हाम्रो निमन्त्रणालाई स्वीकार गरी उपस्थित भईदिनु हुने प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू, अतिथिज्यूहरु, पत्रकार मित्रहरु, मेरा सहकर्मी मित्रहरु तथा सम्पूर्ण सज्जनवृन्द प्रति हार्दिक आभारका साथ पुनः स्वागत अभिवादन गर्दै मेरो मन्तब्य अन्त्य गर्ने अनुमति चाहन्छु ।
धन्यवाद !
कृष्ण प्रसाद देवकोटा

अध्यक्ष

नेपाल लघु जलविद्युत विकास संस्था
३० चैत्र २०७४

News & Events